सुर्खेतमा थप दुई कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा सुर्खेतमा थप दुईजना कोरोना संक्रमित मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचारमा रहेकामध्ये दुईजनाको मृत्यु भएको हो । योसँगै कर्णाली प्रदेशमा हालसम्म कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या दुई सय ९६ पुगेको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ५० जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा हालसम्म कुल संक्रमितको संख्या २७  हजार ३४ पुगेको छ । 

कुल संक्रमितमध्ये हालसम्म २३ हजार एक सय २१ जना संक्रमित उपचारपछि निको भएका छन् भने हाल प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा दुई हजार पाँच सय चारजना सक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १७:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया