डोटीमा बाख्रा चराउन गएका दुई बालबालिकाको पहिरोमा पुरिएर मृत्यु

डोटीमा पहिरोमा परेर दुईजना बालबालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका दुईजना बालबालिका पानी परेपछि ओत लाग्न ओडारमा बसिरहेको वेला माथिबाट पहिरो आउँदा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार जिल्लाका दीपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक विनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

पहिरोमा पुरिएको थाहा भएपछि नेपाल प्रहरी र स्थानीयले पहिरो पन्छाउँदा उनीहरु मृत फेला परेका हुन् । बुधबार मात्रै जिल्लाको केआइ सिंह गाउँपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परी ज्यान गएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि लगातार रुपमा पानी परिरहेको छ ।





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार २०:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया