दुई शक्ति राष्ट्रका राष्ट्रपतिको भेटमा के–के कुरा भयो ?

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्यादिमिर पुटिन बीच भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभा पुगेका बाइडेन र पुटिनबीच करिब ३ घण्टा भेटवार्ता भएको एएफपीले जनाएको छ । 

बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक पुटिनसँग भेट गरेका हुन्।  

भेटका क्रममा बाइडेलले रुससँग सम्बन्ध सुधारको अवसर आएको धारणा पुटिनसमक्ष राखे । दुवै देशमा एक अर्काका राजदूतहरू पठाउने सहमति पनि भेटमा भएको छ । 

यसअघि सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशले आ–आफ्ना राजदूत फिर्ता गरेका थिए ।

विश्वका दुई शक्ति राष्ट्रका प्रमुखले परमाणु अस्त्र नियन्त्रणबारे छलफल गर्ने सहमति गरेका छन् । 

रुस सकारले २ वर्षदेखि बन्दी बनाएर राखेका विपक्षी नेता अलेक्सी नभाल्नीका बारेमा पनि बाइडेनले चासो राखेका थिए । साइबर सुरक्षा, युक्रेनसँगको रुसको तनाबका विषयमा कुरा उठेको थियो । 



विषयमा पनि सकारात्मक उपलब्धि भएको कतै उल्लेख गरिएको छैन ।



  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार २२:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया