ब्राजिलमा कोरोना भाइरसबाट मर्ने सिलसिला अझै रोकिएको छैन । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ हजार ९९७ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा धेरै पछि यति धेरै संख्यामा कोरोना संक्रमितको मृत्यु भएको हो ।
ब्राजिलमा हालसम्म चार लाख ९३ हजारभन्दा धेरै संक्रमितले ज्यान गुमाइसकेका छन् । यसै गरी २४ घण्टामा थप ९९ हजार ३६७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै ब्राजिलमा संक्रमण पुष्टि हुनेको संख्या १ करोड ७६ लाख ३७ हजारभन्दा धेरै रहेका छन् ।
ब्राजिलको राजधानी साओ पाउलोमा मात्र एक लाखभन्दा धेरैको संक्रमणबाट मृत्यु भएको छ ।
विश्वमा संक्रमणबाट सबैभन्दा धेरै मर्नेहरूको देशमा ब्राजिल दोस्रो नम्बरमा आउँछ । पहिलो नम्बरमा भने अमेरिका रहेको छ । अमेरिकामा ६ लाखभन्दा धेरैले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।