कोपा अमेरिका : ब्राजिलको सानदार जित

कोपा अमेरिका अन्तर्गत भर्खरै सकिएको खेलमा ब्राजिलले सानदार जित हात पारेको छ । बलियो प्रतिद्वन्द्वी पेरुलाई ब्राजिलले ४–० ले हराएको हो । 

ब्राजिलको रियो दी जेनेरियोस्थित ओलम्पिक रंगशालामा भएको खेलमा १२औँ मिनेटमै ब्राजिलले अग्रता बनाएको थियो । डिफेन्डर एलेक्स सान्ड्रोले पहिलो गोल गरेका थिए । 

पहिलो हाफमा १–० ले अगाडि रहेको ब्राजिलले दोस्रो हाफमा थप ३ गोल गरेको हो । ६८औँ मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाएका थिए ।

त्यसपछि ८९औँ मिनेटमा एभर्टन रिबेर्टाेले गोल गरे । ९० मिनेटपछिको अतिरिक्त समयमा ९३औँ मिनेटमा रिचार्लिसनले गोल गर्दा ब्राजिल फराकिलो जित निकाल्न सफल भएको हो । समूह ए मा रहेको ब्राजिलले अघिल्लो खेलमा भेनेजुएलालाई ३–० ले हराएको थियो । ६ अंकसहित ब्राजिल समूहको शीर्ष स्थानमा उक्लिएको छ । 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार ७:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया