कोपा अमेरिका अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले बलियो प्रतिद्वन्द्वी पेरुलाई ४–० ले हराएको हो। यसक्रममा ब्राजिलका स्टार फरवार्ड नेमारले १ गोल गरे। यसअघि भेनेजुएलाविरुद्धको खेलमा पनि नेमारले १ गोल गरेका थिए।
नेमारले पछिल्ला ५ अन्तर्राष्ट्रिय खेलमा ७ गोल गर्न सफल भएका छन्। त्यसअघि ९ जुनमा भएको विश्वकप छनोटको खेलमा पाराग्वेविरुद्ध उनले १ गोल गरेका थिए। विश्वकप छनोट अनतर्गतनै ५ जुनमा इक्वेडरविरुद्ध १ गोल गरेका थिए। अक्टुबर १४ मा विश्वकप छनोटकै खेलमा पेरुविरुद्ध नेमारले दुई पेनाल्टीसहित ३ गोल गरेका थिए।
यस बीचमा ब्राजिलले विश्वकप छनोटका २ खेल खेल्दा भने नेमार टोलीमा थिएनन्। ब्राजिलले विश्वकप छनोट अनतर्गत ब्राजिलले १४ नोभेम्बरमा र १८ मा उरुग्वेसँग खेल्दा नेमार टोलीमा थिएनन्।
नेमार धेरै अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा २०औँ नम्बरमा उक्लिएका छन्। उनले आज गरेको गोलसँगै १०७ अन्तर्राष्ट्रिय खेलबाट ६८ गोल गरेका छन्। ब्राजिलका स्टार फुटबलर पेले भन्दा नेमार ९ गोलले पछि छन्। पेलेले आफ्नो करिअरमा ९२ अन्तर्राष्ट्रिय खेल खेल्दै ७७ गोल गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।