टेस्ट च्याम्यिनसिप: उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दै

आइसिसी विश्व टेस्ट च्याम्पियनसिपका लागि भारत र न्युजिल्यान्ड उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । खेल इङ्ल्यान्डको साउथह्याम्टनस्थित दि रोज बाउलमा शुक्रबारबाट सुरु हुँदैछ।

भारतका विराट कोहली र न्युजिल्यान्डका केन विलियमसनको कप्तानीमा मैदानमा उत्रिनेछन् ।

भारत र न्युजिल्यान्डले एक अर्काविरुद्ध २ दशकपछि प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आइसिसीको प्रतियोगिताको उपाधिका लागि भारत र न्युजिल्यान्ड दोस्रोपटक भिड्दै छन् । यसअघि यी दुईले सन् २००० च्याम्पियन्स ट्रफ्री (आइसिसी नकआउट) प्रतियोगिताको फाइनलमा एक अर्काको सामना गरेका थिए । भारतलाई ४ विकेटले पराजित गर्दै न्युजिल्यान्डले उपाधि जितेको थियो ।

टेस्ट वरियताका शीर्ष ९ टोलीबीच दुई वर्षसम्म चलेको प्रतियोगितामा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । 

आइसिसीको प्रतियोगितामा न्युजिल्यान्ड भारतमाथि हाबी हुँदै आएको छ । पछिल्ला ५ आइसिसी प्रतियोगिता खेलमा उसले ४ जित हात पार्दा १ खेल मात्र गुमाएको छ ।



न्युजिल्यान्डले २००३ एकदिवसीय विश्वकपमा ७ विकेटको पराजय व्यहोरे यता भारतविरुद्ध आइसिसी प्रतियोगिता अन्तर्गतका खेल गुमाएकोे छैन ।

न्युजिल्यान्डले भारतविरुद्ध सन् २००७ को टि-२० विश्वकपमा १० रन, २०१४ को टि-२० विश्वकपमा ४७ रन, सन् २०१९ को एकदिवसीय विश्वकपमा १८ रनको जित हात पारेको थियो । 



उसले टेस्ट च्याम्पियनसिप अन्तर्गत भएको २ खेलको सिरिजमा क्लिनसिप राखेको थियो ।

च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर र उप विजेताले ८ लाख अमेरिकी डलर प्राप्त गर्ने छन् । जुन २२ सम्म चल्ने फाइनल खेल बराबरीमा सकिए दुवै टोलीलाई विजेता घोषणा गरिने आइसिसीले जनाएको छ । 
 

  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार ८:५२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया