१४ वर्षअघि बालिकालाई सामूहिक बलात्कार गरी फरार दुई पक्राउ
सांकेतिक फोटो

बालिकालाई सामूहिक बलात्कार गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ परका छन् । १० वर्षीया बालिका गर्ने कसुरमा संलग्न दुई अभियुक्त बिहीबार सप्तरीमा समातिएका हुन् । 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

आरोपितहरूले विसं २०६४ असोज ९ गते बालिकालाई सामूहिक बलात्कार गरेका थिए ।  पीडितकी आमाले २०६४ असोज १० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी थिइन् । 

बालिका भैँसी चराउन गएका बेला अहिले पक्राउ परेका २ सहित अन्य अभियुक्तले बालिकालाई हतियार देखाएर तर्साउँदै सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ । 

घटनामा तिलाठी कोइलाडी गाउँपालिका–५ का ३३ वर्षीय श्यामा मुखिया, ३५ वर्षीय डोमी मुखिया र उनीहरूका बुवा ५५ वर्षीय बिकु मुखिया संलग्न थिए । 

जिल्ला अदालत सप्तरीले ०७५ असार ५ गते सबैलाई १३ वर्षको जेल सजायँ सुनाएको थियो । श्यामा मुखिया २०७७ चैत ९ गते पक्राउ परी राजविराज कारागारमा छन् । श्यामाका दाजु डोमीको मृत्यु भइसकेको छ । उनीहरूका बुवा बिकु अझै फरार रहेको प्रहरीले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार ८:५७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया