खेलाडीले पेय पदार्थको बोतल हटाएमा फुटबल संघलाई जरिवाना तिराइने युइएफएकाे चेतावनी

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले युरो कपका दौरान हुने पत्रकार सम्मेलनमा स्पोन्सरले राख्ने पेय पदार्थको बोतल नहटाउन टिम र खेलाडीलाई आग्रह गरेको छ ।

युइएफएले युरो कपमा सहभागी प्रत्येक फुटबल संघलाई पत्र लेख्दै आफ्ना खेलाडीलाई स्पोन्सरले राखेका बोतल नहटाउन सम्झाउनु भन्दै खेलाडीले त्यस्तो गरेको पाइएमा संघलाई जरिवाना तिराइने चेतावनी दिएको हो ।

पछिल्लो समय खेलाडीले पत्रकार सम्मेलनका क्रममा स्पोन्सरले राख्ने पेय पदार्थका बोतल हटाउन थालेपछि युइएफएले यस्तो चेतावनी दिएको हो ।

युइएफएले सिधै खेलाडीलाई कारबाही गर्न नमिल्ने भएकाले फुटबल संघलाई चेतावनी दिएको जनाएको छ । 

सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कपको मुख्य स्पोन्सर कोकाकोलाको बोतल हटाएर पानी पिउन आग्रह गरेका थिए ।

रोनाल्डोको यो कदमपछि कोकाकोलाले ४ बिलियन अमेरिकी डलरको घाटा व्यहाेर्नुपर्‍याे ।



फ्रान्सका पउल पोग्बाले हाइनिकन बियर तथा इटालीका म्यानुएल लोकाटेलीने कोकाकोलाको बोतल हटाएर पानीको बोतल राखेका थिए । 
 



  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १०:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया