एरिक्सनलाई डी ब्रुएनले दिए निर्णायक गोलको सम्मान

युरो कप अन्तर्गत बिहीबार राति भएको खेलमा डेनमार्कमाथि २-१ को कठिन जित निकाल्दै बेल्जियम एक खेल अगावै अन्तिम १६ मा पुग्न सफल भएको छ । 

बेल्जियमको जितमा नायक थिए केभिन डी ब्रुएन । उनले खेलमा १ गोल गर्नुका साथै १ गोलमा लागि अवसर सिर्जना गरेका थिए ।

ब्रुएनले खेलको ७०औैं मिनेटमा इडेन हाजार्डको पासमा निर्णायक गोल गरेका थिए । तर, उनले क्रिस्टियन एरिक्सनको सम्मानमा त्यो गोलको खुसी भने मनाएनन् ।

‘देशका लागि निर्णायक गोल गर्न पाउँदा म निकै खुसी छु तर मैले त्यो गोलको सेलिब्रेसन गरिनँ । किनकि म एरिक्सन र डेनिस समर्थकको सम्मान गर्छु’, उनले खेलपछिको पत्रकार सम्मेलनमा भने ।

डेनमार्कका खेलाडी एरिक्सन युरो कप अन्तर्गत शनिबार फिनल्यान्डसँगको खेलमा अचानक बेहोस भएर मैदानमा ढलेका थिए ।

हृदयघातका कारण बेहोस भएर मैदानमै ढलेका एरिक्सनको अस्तपालमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार ११:१६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया