गोलरक्षक बुफन पार्मा फिर्किए

इटालीका भेट्रान गोलरक्षक जियानलुइजी बुफन २ दशकपछि पार्मा फर्किएका छन् । उनी युभेन्टसको बसाइलाई अन्त्य गर्दै पुरानै क्लब फर्किएका हुन् ।

बुफनले सन् १९९५ मा पार्माबाटै व्यावसायिक करियर सुरु गरेका थिए । उनी सन् २००१ मा युभेन्टस पुगे । 

बुफनले सन् २०१८/१९ मा एक सिजन लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ( पिएसजी) बाट खेले । सन् २०१९ मा टुरिन फर्किएका उनले यही सिजन क्लबसँगको सम्झतौता अन्त्य गरेका हुन्  ।

४३ वर्षीय बुफनले पार्मा दोस्रो डिभिजनमा घटुवा भए पनि करियरको अन्त्य सोही क्लबाट गर्ने निर्णय लिएका छन् । 

गत सिजन दोस्रो डिभिजनमा घटुवा भएको पार्माले सामाजिक सञ्जाल ट्विटर मार्फत् बुफन पुरानै क्लब फर्किएको पुष्टि गरेको हो । 

बुफनले कीर्तिमानी ६५७ सिरी ‘ए’ खेलमा ३२२ क्लिन सिट राखेका छन् । 



गत सिजन युभेन्टका लागि मात्र १४ खेल खेल्न पाएका बुफनले क्लबका लागि १० सिरि ‘ए’, १ दोस्रो डिभिजन सिरी ‘बी’, ४ कोपा इटालिया र ६ सुपर कोपा इटालिया उपाधि हात परे ।

उनले पार्माका लागि समान १-१ कोपा इटालिया, सुपर कोपा इटालिया र युइएफए कप जितेका छन् ।



बुफनले पिएसजीका लागि १-१ लिग वान र फ्रेन्च सुपर कपको उपाधि जितेका छन् । सन् २००६ को विश्वकप विजेता उनले इटालीका लागि १७६ खेल खेलेका छन् ।

  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १२:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया