गण्डकी प्रदेशसभा बैठक : मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेको आह्वान

गण्डकीको प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन् । 

बैठकको सुरैमै बोल्दै मुख्यमन्त्री पोखरेलले विश्वासको मत मागेका छन् । 
संविधानको धारा १६८ को उपधारा ५ अनुसार जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पोखरेलले १६८ को उपधारा ६ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न प्रदेशसभाको ठूलो दल एमालेले गरेको छ । सभामा बोल्दै एमाले प्रदेशसभाका प्रमुख सचेतक छायानाथ अधिकारीले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेका सांसदहरुलाई आह्वान गरेका छन् । 

आफ्नो नेतृत्वको सरकार ढालेर समृद्धि र विकासको गतिलाई अवरुद्ध पार्ने काम गरेको आरोप अधिकारीले लगाएका छन् । 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १२:४४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया