सेती नदीमा पानीको बहाव खतराको तहभन्दा माथि

अविरल वर्षाका कारण सेती नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । नदीमा बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय डोटीले नदी आसपासका बस्तीमा रहेका सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह खतराको तहभन्दा अधिक बढेको छ । सेती नदीमा पानीको बहाव ८.४ क्युसेक पुगेको छ । जुन खतराको तहभन्दा माथि हो ।

सेतीमा ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । सेती नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेष गरी रातिको समयमा सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

सेतीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत प्रशासनले आग्रह गरेको छ ।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १३:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया