म कस्तो बुद्धुराम ! सरकार छाड्ने बेला मन्त्रालय गठन गरिदिएछु : पृथ्वी सुब्बा गुरुङ

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ६ वटा मन्त्रालय फुटाएर ११ वटा बनाइदिएर आफूले नयाँ सरकारका लागि सजिलो बनाइदिएको बताएका छन् । नवनियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन्। यसैक्रममा प्रदेशसभामा छलफलमा भागलिँदै गुरुङले यस्तो बताएका हुन् । आफूले छाड्ने अघिल्लो दिन मात्रै पनि  वटै मन्त्रालय कायम गर्न सक्ने भएपनि संघीयताको मर्म बुझेकाले त्यसो नगरेको दावी गरेका छन् । 

आफूले विश्वासको मत लिने दिनमा अहिलेका मुख्यमन्त्री पोखरेलले मन्त्रालय टुक्राएको भन्दै आलोचना गरेको उनले सम्झाए । ’उहाँले यही रोष्टममा उभिएर भन्नुभएको थियो, यो मुख्यमन्त्रीले के गर्या? ६ वटा मन्त्रालय भएको ठाउँमा ११ वटा मन्त्रालय?' गुरुङले भने, 'म कस्तो बुद्धुराम होला, आफू सरकार छोड्दै छ अर्कोलाई मन्त्रालय गठन गरिदिएछु ।’

आफूले चाहेको भए हिंड्ने बेला त्यो खारेज गर्न सक्ने र मन्त्रालय फुटाएको दोष नयाँ सरकारलाई आउने उनले सुनाए । आफूले अहिलेसम्मको अनुभवका आधारमा थप मन्त्रालय आवश्यक देखेकैले बढाएको उनले बताए । 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १५:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया