गण्डकी प्रदेशसभामा आज नवनियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन् ।
प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री पोखरेलले बैठकको सुरुमै आफूलाई विश्वासको मत दिन प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए ।
त्यस विषय प्रदेशसभा हरुले आफ्ना धारणा राखिसकेपछि केही समयका लागि बैठक स्थगित गरिएको छ ।
गण्डकीको प्रदेशसभा बैठक सुरु भएको छ । आजको बैठकमा मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पोखरेलले १६८ को उपधारा ६ अनुसार विश्वासको मत लिन लागेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।