कोपा अमेरिका : अर्जेन्टिनालाई उरुग्वेको चुनौती

कोपा अमेरिका अन्तर्गत शनिबार उपाधि दाबेदार मानिएका दुई राष्ट्र अर्जेन्टिना र उरुग्वे प्रतिस्पर्धा गर्दै छन् ।

खेल नेपाली समयअनुसार बिहान पौने ६ बजे ब्राजिलको माने गारिन्चा फुटबल मैदानमा हुनेछ । 

लियोनल मेसीको कप्तानीमा मैदान उत्रिने अर्जेन्टिना उरुग्वेलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने प्रयासमा हुनेछ । अर्जेन्टिनाले पछिल्ला ५ खेलमा ४ बराबरी र १ जितको नतिजा निकालेको छ ।

पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग १-१ को बराबरी खेलेको थियो ।

डिएगो गोडिनको कप्तानीमा मैदान उत्रिने उरुग्वे पनि अर्जेन्टिनालाई पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने दाउमा हुनेछ ।

पछिल्लो समय लयमा नदेखिएको उरुग्वेलाई अर्जेन्टिनामाथि जित निकाल्न त्यति सहज भने हुने छैन ।



उरुग्वेले पछिल्ला ५ खेलमा १ जित, समान २-२ बराबरी र हारको नतिजा निकालेको छ । ऊ यही खेलमार्फत् आफ्नो लय फर्काउने प्रयासमा हुनेछ ।

स्टार खेलाडीहरूले भरिएका यी दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ ।



अर्जेन्टिना र उरुग्वेले अहिलेसम्म १८९ खेलमा एक अर्काको सामना गरेका छन् ।  अर्जेन्टिना ८७, उरुग्वे ५७ खेलमा विजयी हुँदा ४५ खेल बराबरीमा सकिएको छ ।  

उनीहरूले पहिलोपटक सन् १९०१ मा एक अर्काको सामना गरेका थिए । यो मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ३-२ ले विजयी भएको थियो ।

यी दुईले पछिल्लोपटक सन् २०१९ मा एक अर्काविरुद्ध खेलेका थिए । यो मैत्रीपूर्ण खेलमा दुवै टोलीले २-२ गोल गरे ।

  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १६:११:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया