कर्णाली प्रदेश : तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको निर्देशन

कर्णालीको मन्त्रिपरिषदमा रहेका नेकपा एमालेका ३ जना मन्त्रीलाई तत्काल राजीनामा दिन पार्टीको प्रदेशसभा संसदीय दलले निर्देशन दिएको छ । संसदीय दलको आजको बैठकले प्रदेश सरकारमा रहेका मन्त्रीलाई तत्काल राजीनामा दिनका लागि निर्देशन दिएको हो । 

संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा मन्त्री रहेका एमाले सांसद अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई तत्काल फिर्ता बोलाउने निर्णय गरेको हो ।

गत वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । त्यसपछि थापा, शाही र बुढा मन्त्री बन्न सफल भएका थिए । 

फ्लोर क्रम गरेर मन्त्री भएपछि नेकपा एमालेले उनीहरुलाई कारबाही गरेर सांसद पदबाट हटाएको थियो । तर, सर्वोच्च अदालतको आदेशमा चारैजना पुनर्बहाली भएका थिए । 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १६:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया