युएस ओपनमा शतप्रतिशत दर्शक प्रवेश अनुमति

वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपनमा शतप्रतिशत दर्शकले प्रवेश पाउने भएका छन् ।

आयोजकले एक विज्ञप्ति निकाल्दै प्रतियोगिता शतप्रतिशत दर्शकका साथ आयोजना गरिने बताएको छ ।

युएस ओपन अगस्त ३० देखि सेप्टेम्बर १२ सम्म अमेरिकाको न्युयोर्क सहरमा आयोजना हुनेछ । यसका लागि जुलाई १५ देखि टिकट बिक्री खुला गरिनेछ ।

हार्ड कोर्टमा खेलिने यो प्रतियोगिता गत वर्ष कोरोना महामारीका कारण बिना दर्शन आयोजना गरिएको थियो ।

युएस ओपन कोरोना महामारीपछि अमेरिकामा पूर्ण दर्शक क्षमताका साथ आयोजना गरिने पहिलो प्रतियोगिता हुने भएको छ ।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १७:८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया