मेलम्चीमा खेलकुद महासंघको राहत वितरण

नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीले बाढीका कारण पीडित मेलम्ची र हेलम्बुवासीलाई राहत वितरण गरेको छ ।

१ असारमा आएको अविरल वर्षा र त्यसपछिको बाढीका कारण सिन्धुपाल्चोकका मेलम्चीलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । सयौँले घरबार गुमाएका छन् ।

बाढीका कारण ठूलो क्षति भएको समाचार बाहिर आएसँगै नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीले त्यहाँ राहत वितरण गरेको हो । खेलकुद महासंघका इन्चार्ज पूर्वमन्त्री दावा लामा, नेकपा (एमाले) नेता निर्मल भट्टराई, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, उपाध्यक्षहरु गोविन्द भट्टराई, एकेन्द्र कुँवर, सुवास श्रेष्ठ, निरेशलाल श्रेष्ठ, उपमहासचिव रामकृष्ण खड्का, नन्दा बस्याल, सचिवहरु रेणुका श्रेष्ठ, उमेश केसी, शुक्र प्याकुरेल, भक्त जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वालगायतको एउटा टिम राहत वितरणका लागि मेलम्ची पुगेको थियो ।

नेपाल खेलकुद महासंघले कोरोनाभाइरस महामारीबाट बच्नका लागि फ्रन्टलाइनर्सहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको बताउँदै महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले राहत वितरण कार्यक्रममा आफूहरु विपद्मा परेकाको सहयोगमा अग्रमोर्चामा सरिक हुने बताए ।

महासंघले त्यहाँ २ सय घरपरिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरेकाे हाे ।



‘नेपाल खेलकुद महासंघ र हामी युवा साथीहरु अहिले विपत्मा परेका सबै ठाउँमा सहयोग गर्न तत्पर छौँ, हामीले मानवीय सहयोगलाई नै आफ्नो मूलमन्त्र बनाएका छौँ,’ कार्यक्रममा बस्नेतले भने । त्यस्तै, खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले मेलम्ची र हेलम्बुवासीसहित विपत्मा परेका समुदायको पुनस्र्थापना तथा राहतका लागि आफूहरु सधैं तयार रहेको पनि बताए ।

कार्यक्रममा खेलकुद महासंघका इन्चार्ज दावा लामाले विपदमा महासंघले देखाएको भूमिकाको प्रशंसा गर्दै सहयोगका लागि खेलकुद महासंघ सधैं तत्पर हुनु पर्ने बताए ।



  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १८:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया