उत्तर कोरियाले भन्यो– अमेरिकासँग युद्ध गर्न तयार छौँ

उत्तर कोरियाली सर्वोच्च नेता किम जङ उनले आफूहरु अमेरिकासँग वार्ताका साथसाथै टकराव वा युद्धका लागि पनि तयार रहेको बताएका छन् । उनले यो अहिले उत्तर कोरियाको आवश्यकता भएको पनि बताएका छन् ।

किमले अमेरिकासँग कुनै पनि समय युद्ध हुनसक्ने भन्दै तयार रहन पनि निर्देशन दिएका छन् ।

अमेरिकामा जो बाइडेनले सरकार बनाएपछि अमेरिकाप्रति उत्तर कोरियाको यो प्रतिक्रिया पहिलो पटक आएको हो ।

यसअघि बाइडेन प्रशासनले चाहिँ आफूहरु उत्तर कोरियासँग राजनीतिक वार्ता गर्न तयार रहेको जनाउँदै आएको थियो । तर, प्योङयाङमा भएको बैठकमा किमले अमेरिकासँग वार्ता गर्न आफूहरु तयार रहे पनि युद्धका लागि पनि तयार रहनु पर्ने बताएका हुन् । उत्तर कोरियाको सत्ताधारी पार्टी वर्कर्स पार्टीको केन्द्रीय समिति बैठक यही साता राजधानी प्योङयाङमा सुरुवात भएको हो ।

उत्तर कोरियाली सरकारी न्युज एजेन्सी केसिएनका अनुसार किम जङ उनले देशका लागि गौरव र आफ्नो हितका लागि भए पनि अमेरिकासँग युद्ध गर्न खास तयारी रहनु पर्ने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति बाइडेनप्रति यसअघि पनि किमले सकारात्मक टिप्पणी चाहिँ गरेका छैनन् । यसअघि अमेरिकामा राष्ट्रपति निर्वाचन सुरु हुँदै गर्दा किमले बाइडेनलाई ठगको संज्ञा दिएका थिए ।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार २०:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया