कांग्रेसको निर्णयः विपक्षी गठबन्धनलाई निरन्तरता दिने, थप बलियो बनाउने

नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन थप बलियो बनाउनु पर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।

यसअघि प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि यसको विरोधमा देखिएका पाँच दललाई एक बनाएर अगाडि बढ्ने कांग्रेसले आफ्नो रणनीति बनाएको थियो । 

यो गठबन्धनमा कांग्रेससँगै नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका हुन् । यो गठबन्धनमा माधव कुमार नेपाल पक्षका एक सांसदबाहेक अरुको सहयोग रहँदा गण्डकीमा कांग्रेस नेता कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बनिसकेका छन् ।

यसअघि यो गठबन्धनलाई आगामि निर्वाचनसम्म कायम राख्ने कांग्रेसले निर्णय गरेको थियो । तर, केही सदस्यहरुले यो प्रक्रियाको आलोचना गरेका थिए ।

आज बसेको केन्द्रीय समिति बैठकले भने यसलाई निरन्तरता दिने बताएको छ ।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार २१:११:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया