अहिले विदेश जान चाहनेहरुले विमानस्थलमा अनिवार्य रुपमा लैजानु पर्ने एउटा प्रमाणपत्र हो– पिसिआर रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र । अहिले पनि विशेष परिस्थितिमा विदेश जानेहरुले त्रिभुवन विमानस्थलमा कोरोनाभाइरस परीक्षण गरेको रिपोर्ट लिएर जानु पर्ने हुन्छ । त्यसका लागि नेपाल सरकारले ए ग्रेडका ल्याब र न्युनतम एक सय बेड भएका नीजि अस्पताल, सरकारी ल्याबहरुहरुलाई अनुमति दिएको छ ।
तर, उडान भरिरहेका एयरलाइन्सहरुले गलत सूचना दिँदा र सरकारी सूचीकरणमा नै नभएका केही ल्याबमा गएर परीक्षण गर्दा केही युवाहरु विमानस्थलबाट फर्किनु परेको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रयोगशालाका पिसिआर परीक्षण रिपोर्ट मान्य हुने बनाएको थियो । तर, केहीले कोरोना रिपोर्ट पोजेटिभ आए पनि नक्कली रिपोर्ट बनाएर यात्रुहरुलाई विमानस्थलसम्म पठाए । यस्तो पाइएपछि सरकारले केही प्रयोगशालाहरुको रिपोर्ट मात्र विमानस्थलमा मान्य हुने मापदण्ड बनाएको छ ।
नेपालका ए वर्गका प्रयोगशालाहरुमा गरिएको पिसिआर रिपोर्टका कारण अहिलेसम्म कोही पनि विदेश जानबाट वन्चित हुनु परेको छैन । सरकारले सबै सरकारी अस्पतालका प्रयोगशाला, एक सय बेड भएका अस्पताल र ए वर्गका ३० निजी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको आधारमा विदेश जान पाउने नियम बनाएको छ।
यसका लागि सिनामंगलमा रहेको अत्याधुनिक प्रयोगशाला क्रिस्टल डायगनोस्टिक प्रालि, सिद्धी पोलिप्याथ ल्याबलगायतका प्रयोगशाला उपयुक्त रोजाइ हुनसक्छन् ।
अर्कोतिर सरकारले नै यी प्रयोगशालाले कति पैसा लिने भनेर पनि तोकिदिएको छ । तर, नेपालमा सन्चालनमा रहेका केही एयरलाइन्सले नै आफ्ना यात्रुलाई गलत सूचना दिँदै महंगोमा पिसिआर गराइरहेको पाइएको पनि छ ।
क्रिस्टल डायगनोस्टिक, विध ल्याबलगायत अरु कहाँकहाँ गरेको पिसिआर मान्य हुन्छ त ? सरकारले जारी गरेको यो सूचना हेर्नुहोस्ः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।