मेलम्चीमा फेरि उर्लिएर आयो बाढी

यसअघि १ असारमा आएको बाढीले तहसनहस बनाएको मेलम्ची क्षेत्रमा फेरि बाढी उर्लिएर आएको छ । मेलम्ची नदीमा शुक्रबार राति फेरि बाढी उर्लिएको हो । 

यो यसअघिको भन्दा ठूलो बाढी भएको बताइएको छ ।

शुक्रबार राति साढे ८ बजेपछि मेलम्ची नदीमा झन् ठूलो बाढी आएको बताइएको छ । आज आएको बाढीले एउटा झोलुंगे पुल बगाएको अनुमान गरिएको छ ।

आजको बाढीले थप कति क्षति गरेको छ भन्ने विवरण आइसकेको छैन । तर, यसअघिको बाढीमा नै नदी किनारका सबैलाई सुरक्षित ठाउँमा सारिएकाले मानवीय क्षति नहुने अनुमान गरिएको छ । यसअघि नदी छेउमा भएका घरहरुमा भने फेरि क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार २१:५५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया