सडक खन्दा झरेको पहिरोमा स्काभेटरसहित २ जना पुरिए
सांकेतिक तस्बिर

धादिङमा सडक खन्दै गर्दा झरेको पहिरोमा स्काभेटर र त्यसमा रहेका २ जना पुरिएका छन् । रुबिभ्याली गाउँपालिकाको २ नम्बर वडामा सडक खन्दै गरेको अवस्थामा पहिरो खस्दा उनीहरु पुरिएका हुन् । 

सदरमुकाम धादिङबेसीबाट उत्तरी भेगमा जाने सडकको तिप्लिङ-सोमदाङ खण्डमा सडक खन्ने क्रममा खसेको पहिरोमा स्काभेटरका चालक र सहचालक पुरिएका हुन् । 

शुक्रबार साँझ सडक खन्ने क्रममा पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । स्काभेटरका सहचालक रुबिभ्याली कै जोजो तामाङ रहेको खुलेपनि चालकको परिचय खुलेको छैन । 

पहिरोमा पुरिएका दुवै जना र स्काभेटरको खोजी भइरहेको प्रहरीले जनाएको छ । उत्तरी धादिङको विकट गाउँमा घटनास्थल रहेकाले उद्धारको कार्यमा असहजता रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १०:५७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया