फुटबलका धेरै कीर्तिमान आफ्नो नाममा गराएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले मैदान बाहिर पनि नयाँ कीर्तिमान कायम गरेका छन् ।
अहिले युरोकपमा व्यस्त रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा ३०० मिलियन फलोवर्स पाउने पहिलो व्यक्ति तथा खेलाडी बनेका छन् ।
बढी फलोवर्स पाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका रेस्लर तथा कलाकार ड्वेन जोनसन (द रक) लाई २४६ मिलियनले फलो गरेका छन् ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी २१९, ब्राजिलका नेइमार १५२ र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली १२८ मिलियन फलोवर्सका साथ तेस्रोदेखि पाँचौँ स्थानमा छन् ।
३६ वर्षीय रोनाल्डो समाजिक सञ्जालमा ५०० मिलियनभन्दा बढी फलोवर्स हुने पहिलो खेलाडी पनि बनेका छन् ।
रोनाल्डोलाई इन्स्टाग्राम, फेसबुक र ट्विटमा ५०० मिलयनभन्दा बढीले फलो गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।