मदनकृष्णको सम्झनामा प्रजातन्त्र : जसकाे हातमा पर्यो त्यस्तै

हास्य कलाकार मदनकृष्ण श्रेष्ठले फेसबुकमा शनिबार एक पोष्ट राखे । जसमा उनले आफूले धेरै पहिला तयार गरेको प्रहसनको किस्सा सम्झिए । प्रजातन्त्रको विषयमा गरिएको प्रहसनमा प्रस्तुत डायलग श्रेष्ठले सम्झिएका हुन् । 

अहिलेको राजनीतिक परिस्थितिसँग मिल्ने प्रकारको डायलग भएको हुनाले सायद महको म लाई उक्त प्रहसन सम्झनामा आएको हुनुपर्छ । उनले प्रहसनका क्रममा मह जोडीले गरेको संवाद उल्लेख गरेका छन् । 

जसमा दुई पात्र मदन आफै र हरिवंश आचार्य रहेका छन् । प्रहसनमा फिरङ्गी बनेर नेपाल आएका हरिवंशलाई मदनले प्रश्न गरेका हुन्छन्, 'टिमी हाम्रो डेशमा खिन आएको ?'

जसमा हरिवंशले जवाफ दिन्छन्, 'तिम्रो देशमा डेमोक्र्यासी कस्तो हुन्छ एक पटक हेर्न आएको । साँच्ची डेमोक्र्यासी भनेको कस्तो हुन्छ हँ ?'

फिरङ्गी हरिवंशको प्रश्नमा मदनले व्यङ्ग्य मिश्रित जवाफ दिएका छन् । उनले डेमोक्रेसी व्यक्तिको स्वभावअनुसार हुने बताएका छन् ।



मदनको जवाफ छ, 'डेमोक्र्यासी भनेको जस्तो जस्तो मान्छेको हातमा पर्यो ठ्यस्टै ठ्यस्टै हुन्छ । बच्चाको हातमा राख्यो भने बच्चा जस्ठै हुन्छ । आर्मीको हातमा राख्यो भने आर्मी जस्तै हुन्छ । बाँदरको हातमा राख्यो भने बाँदर जस्तै हुन्छ ।'



  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १३:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया