युराे कप: ग्रुप अफ डेथका पोर्चुगल र जर्मनी भिड्दै

युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कप अन्तर्गत समूह चरणको खेलमा आज राति पोर्चुगल र जर्मनी भिड्दैछन् । 

खेल नेपाली समयअनुसार पौने दस बजे एलिनाज एरिना मैदानमा हुनेछ । 

साविक विजेता पोर्चुगल दोस्रो खेलमा पनि जित हासिल गर्ने मनसायका साथ मैदानमा उत्रिनेछ । पोर्चुगलले पहिलो खेलमा हंगेरीलाई ३-० ले हराएको थियो ।

तीन पटक युरो जितेको जर्मनी पोर्चुगललाई हराएर अन्तिम १६ मा स्थान पक्का गर्नेृ लक्ष्यमा हुनेछ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १-० को अन्तरले पराजित भएको थियो । 

पोर्चुगलले अन्तिम पटक सन् २००० मा जर्मनीलाई ३-० ले पराजित गरेको थियो । दुबै टिम पाचौं पटक युरो कपमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पाँच खेलमा दुबै टिमले १७ गोल गरेका छन् ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म जर्मनीविरुद्ध गोल गर्न सकेका छैनन् । 



थोमस मुलरले एकमात्र जर्मन फुटबलर हुन् जसले पोर्चुगलविरुद्ध सन् २०१४ को विश्वकपमा ह्याट्रिक हानेका थिए । पोर्चुगलविरुद्ध १२ युरो कप खेलेका मुलरले गोल गर्न सकेका छैन । 

ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ को तालिकामा पोर्चुगल ३ अंकका साथ शीर्ष स्थानमा छ । जर्मनी भने अंकविहीन तेस्रो स्थानमा छ । 




 

  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १४:५२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया