संसद भएको भए सबै नेपालीलाई पुग्ने खोप आइसक्थ्यो, अर्थतन्त्र चलायमान हुन्थ्यो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन नगरेको भए अहिलेसम्म नेपालीलाई चाहिने खोप आइसक्ने दाबी गरेका छन् । 

शुक्रबार जुम प्रविधिबाट आयोजना भएको ‘कोभिडविरुद्ध हाम्रो अभियान संवाद शृंखला’लाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको अकर्मण्यताका कारण वर्तमान सरकारले कोरोना विरुद्धको खोप किन्ने अवसर गुमाएको आरोप लगाए । 

संसद् चलेको भए संसद्‌ले खोप किन्न निर्देशन दिने र संसदको निर्देशन मान्न सरकार बाध्य हुने भन्दै उनले अधिकांश जनताले खोप लगाइसकेपछि लकडाउन गर्नुपर्ने अवस्था नै नआउने दाबी गरे । 

यतिबेलासम्म अर्थतन्त्र चलायमान भएर खोप किन्न खर्च भएको ४०–५० अर्ब रुपैयाँ पनि उठिसक्ने उनको भनाइ छ । चीन र भारतमा कोरोना महामारी फैलिएको एक महिनामा नेपालले पूर्वतयारी गरेको भए नेपालमा यस्तो भयावह स्थिति नै नआउने थापाले दाबी गरे । 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १६:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया