वर्षा र त्यसबाट उत्पन्न प्राकृतिक प्रकोप तथा भएको क्षतिका विषयमा सभामुख अग्निप्रसाद सापकोटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङबीच छलफल भएको छ ।
सिन्धुपाल्चोक जिल्लामा वर्षाका कारण आएको बाढी र पहिरोले पुर्याएको क्षतिको विषयमा सभामुख सापकोटाले भौतिक पूर्वाधारमन्त्री नेम्वाङसँग छलफल गरेका हुन् ।
सभामुख सापकोटाले मन्त्री नेम्वाङसँग मेलम्ची बाढीसँगै तातोपानी–कोदारी क्षेत्रमा बाढीका कारण कटानबाट भइरहेको क्षति न्यूनीकरण एवं जोखिममा परेका स्थानीयको सुरक्षित स्थानान्तरणका विषयमा छलफल गरेका सभामुखको सचिवालयले जनाएको छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अविरल वर्षाले अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पु¥याएपछि सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराउँदै मन्त्री नेम्वाङसँग छलफल गरेका हुन् ।
सभामुख सापकोटाले बाढी जन्य प्रकोपको पूर्वतयारीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । यस्तै उनले अहिलेसम्म सिन्धुपाल्चोकमा बाढीले पुर्याएको क्षतिका विषयमा पनि उद्दार, राहत र पुनर्निर्माणका लागि छलफल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।