जर्मनीसँगको खेलमा रोनाल्डोले बनाए रेकर्ड

युरोकप २०२० सुरु भएसँगै सधैं चर्चामा रहने पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको फेरि चर्चा चुलिएको छ । यो चर्चा चुलिनुको कारण उनको खेलसँग मात्रै चाहिँ सम्बन्धित छैन ।

यसअघि उनले एक कन्फ्रेन्समा कोकाकोलाको बोतल हटाएपछि उनको चर्चा चुलियो । उनले कोकलाई नराम्रो पेय पदार्थ भन्दै अगाडि टेबलबाट हटाएका थिए, दुई बोतल । 

अनि युरोकप सुरु भएसँगै नै इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स बनाउने खेलाडीको रेकर्ड पनि रोनाल्डोको नाममा दर्ज भएको छ । अब उनको इन्स्टाग्राममा ५०० मिलियन फलोअर्स पुगेका छन् ।

शनिबार राति जर्मनीसँग भएको पोर्चुगलको खेलमा पोर्चुगलले पराजय भोगेको छ । ४–२ गोलको अन्तरले पराजय भोगे पनि यो खेलमा क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत रेकर्ड चाहिँ बनाएका छन् ।

क्रिस्टियानो रोनाल्डोले यो खेलमा एक गोल गरेसँगै उनले विश्वकप र युरोकप दुवैमा जोडेर १९ गोल गरेका छन् । यो नै यी दुई विश्वप्रसिद्ध फुटबल प्रतियोगितामा सबैभन्दा धेरै गरिएको गोल संख्या हो । यसअघि मिरोस्लाभ क्लोजले पनि दुई प्रतियोगिता जोडेर १९ गोल गरेका छन् । योसँगै रोनाल्डोले क्लोजसँग बराबरी गरेका छन् । जर्मनीसँगको खेलमा बनेको यो रेकर्डका लागि अहिले उनका प्रशंसकले सामाजिक सन्जालमा उनलाई बधाईको ओइरो दिएका छन् ।
 






  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार ०:२२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया