राजनीतिबारे बाबुरामको निष्कर्ष : टाउकोको ओखती नाइटोमा लगाएर हुन्न !

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु नाम अनुसारका नभएको बताएका छन् । 

डा. भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारक राजनीति, दल र नेतृत्वको स्खलन भएको निष्कर्ष निकालेका छन् । उनले अब यी समस्याको समाधानको उपाय खोज्नुपर्ने बताएका छन् । 

डा. भट्टराईले अहिलेको समस्या भनेकै राजनीतिक दलहरुले आफ्नो नाम र आदर्श तथा सिद्धान्तअनुसार काम नगर्नु रहेको निष्कर्षसहित लेखेका छन्, 'टाउकाको ओखती नाइटोमा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति÷दल÷नेतृत्वको स्खलन नै हो ।'

अहिलेको मुख्य समस्या भनेको कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु, समाजवादी ‘समाजवादी’ नरहनु रहेको उनको ठहर छ । 

भट्टराईले अब कि यिनै पार्टीलाई आमूल रूपान्तरण गर्ने अथवा नयाँ बनाउने आँट गर्नका लागि आव्हानसमेत गरेका छन् । उनले चेतावनीपूर्ण भाषामा लेखेका छन्, 'नत्र समयले कसैलाई पर्खन्न है !'



 



  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १०:२५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया