एकता कपुरले अल्लु अर्जुनको सुपरहिट चलचित्र ‘अला बैकुण्ठपुरमलु’ काे हिन्दी रिमेक बनाउँदैछिन् । अहिले यस चलचित्रको कास्टिङमा रोहित धवनले काम गरिरहेका छन् ।
हिन्दी रिमेकमा अल्लु अर्जुन र पूजा हेगेडले निर्वाह गरेको भूमिकामा कार्तिक आर्यन र कृति सेनन देखिनेछन् । फिल्ममा अर्जुनकी आमाको भूमिकामा अभिनेत्री मनीषा कोइराला देखिने भएकी छिन् । रोहितले उक्त भूमिकाका लागि मनीषालाई अनुरोध गरेका थिए । मनीषाले पनि सो भूमिका निर्वाहका लागि स्वीकार गरेकी छिन् ।
चलचित्रमा अल्लु अर्जुनकी आमाको भूमिका लागि कलाकार पाउन गाह्रो भएको थियो । फिल्मको तेलगु भर्सनमा तब्बुले अल्लु अर्जुनकी आमाको भूमिका निर्वाह गरेकी छिन् । रोहित र एकताले हिन्दी रिमेकका लागि पनि तब्बुलाई आमाको भूमिकामा राख्न खोजेका थिए । तर ‘भूलभूलैया २’मा पनि कार्तिक आर्यनको आमाको भूमिकामा देखिएकी उनले अस्वीकार गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।