रुपन्देहीमा नक्कली पास बनाइ हिँड्ने चार जना पक्राउ परेका छन् । निषेधाज्ञाको समयमा नक्कली पास बनाइ हिँडेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुल्मी धुर्कोट नगरपालिका-७ घर भएका हाल बुटबल उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय विनोद घिमिरे, बुटबल उपमहानगरपालिका-११ का ५३ वर्षीय रोलक बहादुर बुढाक्षेत्री र गुल्मीकै मुसिकोट नगरपालिका-७ का २७ वर्षीय विपिन काफ्ले रहेका छन् ।
प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई जनही पचास हजार जरिवाना तिराएको छ ।
बुटवल उपमहानगरपालिका-१२ का ३९ वर्षीय मनोज गैरेलाई भने ५ हजार जरिवाना तिराइएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।