यी तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना
फरकधार / ७ असार, २०७८

जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबार देशभरकाे माैसममा सामान्यदेखि पूर्ण बदली हुने बताएकाे छ ।



अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाे छ ।

देशमा मनसुन भित्रिएसँगै देशभर नै भारी वर्षा भएकाे थियाे । अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेकाे छ ।



जल तथा माैसम पूर्वानुमान महाशाखाले प्रदेश १, प्रदेश-२ र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनसक्ने जनाएकाे छ । प्रदेश-१ का एक-दुई स्थानमा धेरै भारी वर्षा हुनेछ । 



रातिमा देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । धेरैजसाे ठाउँमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना छ ।  

विभागले भारी वर्षा हुने सम्भावना रहेकाले खाेलानालाकाे सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुराेध गरेकाे छ । काठमाडाैंमा बिहान माैसम खुलेपनि केही समयमै बदलिनेछ । 
 

  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार ९:०:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया