पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तमा सैनिक र हतियारधारीबीच मुठभेड हुँदा तीन जनाको मृत्यु भएको छ । तीन जनामध्ये दुई आतंककारी र एक सैनिक रहेका छन् ।
सुरक्षाबलले उत्तरी बजिरिस्तान कबाइली जिल्लामा हतियारधारी विरुद्ध अभियान उठाएको थियो । यसै सिलसिलामा ३२ वर्षीय सैनिक नजाकत खान र दुई हतियारधारीको मृत्यु भएको हो ।
हतियारधारी तालिबान सम्बन्धित हुनसक्ने आशंका गरिएको छ ।
तीन दिन अगाडि टुर्बट एयरपोर्टमा हतियारधारीको हमलामा परी एक सैनिकले ज्यान गुमाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।