रुपन्देहीमा निषेधाज्ञा एक हप्ता थप

रुपन्देहीमा निषेधाज्ञा एक हप्ता थप भएको छ । वैशाख १६ गतेबाट जारी निषेधाज्ञा केही खुकुलो गराउँदै लैजाने निर्णय भएको छ । 

कोरोना संकट व्यवस्थापन समिति (डिसिएमसी)को सोमबार बसेको बैठकले असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । 

मंगलबारबाट यस जिल्लामा सरकारी कार्यालय खुल्नेछन् । निजी सवारीसाधन पनि जोर–विजोरका आधारमा चलाउन पाइने भएको छ । सरकारी कार्यालयमा पनि स्वास्थ्य मापदण्डअनुसार चलाउनुपर्नेछ । 

विवाहका लागि दुईवटा साना सवारीसाधन मात्रै प्रयोग गर्न पाइनेछ भने १० जना भन्दा बढी जन्ती लैजान पाइने छैन । 

सार्वजनिक भेला, महोत्सव, सभा, जुलुसलगायत क्रियाकलापमा भने पूर्ण रुपमा बन्देज लगाइएको छ । 

होटल, पार्टी प्यालेस तथा रेष्टुरेन्ट, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी सञ्चालनमा पनि रोक लगाइएको छ । 





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १९:५०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया