अनुपम खेर भन्छन्- म राजनीतिमा आउँदिनँ

बलिउडका दिग्गज कलाकार अनुपम खेरले आफू राजनीतिमा कहिल्यै सामेल नहुने बताएका छन् ।

हिजो (सोमबार) सिमलामा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले भने, ‘राजनीतिमा म आउने सवाल नै उठ्दैन ।’

सन् २०१७ मा अनुपम खेर हिमाञ्चल प्रदेश विधानसभाको चुनावमा उठ्ने चर्चा चलेको थियो ।

खेरले देशको अवस्था बारेमा सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका हुन्छन् । तर अब भने उनले मनबाट राजनीतिमा आउने कुरा हटाएका छन् । 

खेरले आफ्नी पत्नीकाे शरीरमा सुधार आएकाे पनि जानकारी  दिएका छन् ।  उनकी पत्नी किरण खेर चन्डीगढकी भारतीय जनता पार्टीकी सांसद हुन् । उनी क्यान्सरसँग जुधिरहेकी छिन् ।

खेर सन् १९८४ मा रिलिज भएको फिल्म सारांशबाट बलिउडमा डेब्यू गरेका थिए । अनुपम खेरले करिब २०० फिल्लमा अभिनय गरेका छन् । 





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार ११:३३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया