कोहलपुरमा १० हेक्टर जंगल फडानी गरी कागती खेती

सिर्जना सामुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा पर्ने करिब १० हेक्टर जमिनमा ४ हजार कागती लगाएको छ ।

कोहलपुर नगरपालिका १२ रोहिणी खोलाको सृजना सामुदायिक वनले १० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीको बिरुवा रोपेको छ । सृजना सामुदायिक वनले यस क्षेत्रमा करिब २५ लाख लगानीमा मनोरञ्जनका लागि भ्युटावर निर्माण गरेको छ ।

जंगल छेउमै भएकाले रमाउन आउने मानिसहरुलाई किरा, सर्प लगायत जनावरहरुको आक्रमण हुन सक्ने भन्दै समितिले भ्यु टावरको क्षेत्रमा तराई क्षेत्रमा नपाइने बिरुवा पनि लगाएको छ । कागती रोपाई गरेपछि जंगलका ठूला रुखहरूलाई हुर्कन र खाली जमिनको सदुपयोग भएको सिर्जना सामुदायिक वनका अध्यक्ष दशरथ शर्मा पराजुलीले बताए ।

गाउँका छेउमा रहेको जंगल सफा हुनुका साथ खाली जमिनलाई सदुपयोग गर्ने र स्थानीय विपन्न परिवारलाई रोजगारी मिल्ने तथा वैकल्पिक आर्थिक स्रोत बढ्ने भएकाले कागती रोपिएको समितिका सदस्य महेन्द्रप्रसाद पौडेलले बताए ।

कोहलपुर नगरपालिकाले हाल सम्म ६, ९ र १३ वडाहरूलाई तरकारी पकेट क्षेत्रका रूपमा निर्माण गरिसकेको छ । यसै आर्थिक वर्षदेखि नगरपालिकाले नगर प्रमुख विशेष कार्यक्रम सञ्चालन समेत गर्ने भएको छ । नगरपालिकाले नगरमा भएका किसानलाई कृषि र वैकल्पिक आयबारे नि:शुल्क परामर्श दिइरहेको छ । नगरपालिकाले नगरबासीहरूलाई फलफूलका बिरुवा समेत वितरण गर्दै आएको कोहलपुर नगरपालिकाका कृषि शाखा प्रमुख चन्द लाल बुढाले बताए ।

चालु आव २०७६-७७ मा सिर्जना सामुदायिक वन उपभोक्ता समितिलाई छनोट गरी लागतको ५० प्रतिशत अनुदान र ४ हजार कागती उपलब्ध गराइएको छ । जसमा सुन कागती र कलम कागती रहेका छन् ।





  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १३:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया