बन्यो कोरोनाको सुपरभ्याक्सिन, गरियो मुसामा प्रयोग

कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्ट अहिले विश्वभर भेटिएका छन् । अनि यसले एउटा हैरानी थपेको छ– अहिलेका भ्याक्सिनहरुले नयाँ भेरियन्टमा काम नगर्ने त होइनन् ?

यहीबीच अब वैज्ञानिकहरुले एउटा यस्तो भ्याक्सिन बनाएका छन् जसले कोरोनाका सबै भेरियन्टविरुद्ध लड्न सक्छ ।

अनि वैज्ञानिकहरुले यसको ट्रायल मुसामा गरिसकेका पनि छन् । यसमा सफलता मिलेको र यसलाई अर्को वर्षदेखि मानिसमा पनि प्रयोग गरिने अन्तर्राष्ट्रिय मिडियाहरुमा समाचार छ ।

यो भ्याक्सिन अमेरिकी वैज्ञानिकहरुले बनाएका हुन् । यसलाई अहिले मिडियाहरुले सुपरभ्याक्सिन नाम समेत दिएका छन् ।





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १:२४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया