महन्थ-राजेन्द्र पक्षको बैठक बस्दै

जनता समाजवादी पार्टी(जसपा) का महन्थ-राजेन्द्र पक्षकाे आज बैठक बस्दैछ ।

बैठक आज(बिहीबार) दिउँसो १ बजे बबरमहलमा हुनेछ । बैठकमा आफ्ना पक्षका नेताहरूसँग छलफल हुने बताइएको छ । विशेष गरी बैठकमा सर्वोच्चको आदेशपछि पार्टीमा केकस्तो रणनीति तय गर्ने, कसरी अगाडि बढ्ने लगायतका  विषयमा छलफल गरिने स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएकाले पार्टीभित्रको विवाद चुलिँदै गएको छ । उपेन्द्र यादव पक्षले सरकारमा किन सहभागी भएको भनी स्पष्टीकरण सोधिसकेको छ । 

जसपाबाट दुई राज्यमन्त्री र ९ जना मन्त्री भएका थिए । तर मन्त्री भएको १९ दिनमा सर्वोच्चको अन्तरिम आदेश आएसँगै पदमुक्त भएका थिए । 





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १०:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया