काेराेनाका कारण नेपाल सम्मिलित त्रिकाेणात्मक सिरिज स्थगित

आइसिसी सिडब्ल्युसी लिग-२ अन्तर्गत् नेपाल, नामिबिया र स्कटल्यान्ड बीचकाे एकदिवसीय सिरिज स्थगित भएको छ ।

क्रिकेट संघ नेपालले प्रेस विज्ञप्ति जारी गरी कोरोनाको कारण सिरिज स्थगित भएकाे जानकारी दिएकाे  छ ।

जुलाईकाे अन्त्यतिर स्पेनमा सिरिज सुरु हुने भनिएकाे थियाे ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमन र अमेरिकासँग ४ खेल खेलिसकेको छ । नेपाल ४ खेलमा ४ अंक जोडी छैटौं स्थानमा अवस्थित छ । 

यसै गरी ओेमन १० खेलमा १६ अंक जाेडेर शीर्ष स्थानमा रहेकाे छ । यता अमेरिका भने १२ खेलमा १२ अंक जाेडी दाेस्राे स्थानमा विराजमान छ ।

 





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १३:८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया