राैतहटमा झडप हुँदा प्रहरी र दुई सर्वसाधारण घाइते भएका छन् । रौतहटको मौलापुर नगरपालिकाको नगरसभा बिथोल्न बिहीबार विपक्षी समूहले अवरोध गरेपछि झडप भएको हो ।
नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्न बाध्य भएकाे थियाे ।
नेकपा एमालेको माधव नेपाल पक्ष तथा माओवादी केन्द्रका नेता कार्यकर्ताहरूले नगरसभा बिथोल्ने प्रयास गरेपछि माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साह पक्षधरबीच झडप भएको छ ।
झडपको क्रममा ढुंगामुढा हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि बल प्रयोग गर्दै अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।
उनका अनुसार झडपमा परेर एक असईसहित ५ नेपाल प्रहरी र ३ सशस्त्र प्रहरीका जवान घाइते भएका छन् । यता २ जना सर्वसाधारण घाइते रहेको बताइए पनि प्रहरी उपरीक्षक साहले पुष्टि भने गरेनन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि दुई दर्जन सेल अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । अहिले झडप नियन्त्रणमा आइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।