आन्तरिक किचलाेका कारण ललितपुरले ल्याउन सकेन बजेट

ललितपुर महानगरपालिकामा आन्तरिक खिचातानीका कारण बजेट आउन सकेकाे छैन ।

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नका लागि बोलाइएको महानगरको छैटौं नगरसभामा गणपुरक संख्या नपुगेपछि बजेट आउन नसकेको हो ।

बिहीबार नगरसभामा महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र संक्षिप्त बजेट पेस गरे पनि गणपुरक संख्या नपुग्दा पास हुन सकेन । 

नगरसभाका १३६ जना सदस्यमध्ये बिहीबार ४३ जना मात्रै उपस्थित थिए । महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार अधिवेशनमा गणपुरक संख्या नपुगेपछि अधिवेशन शनिबारका लागि पुनः बोलाइएको छ । 

महानगरपालिका उपप्रमुख गीता सत्यालले स्थानीय तहमा पक्ष विपक्ष हुने नहुने भए पनि साथीहरुको व्यवहारका कारण भन्न बाध्य भएको बताइन् ।  उनले भनिन्,‘संवैधानिक बाध्यताअनुसार हामीले हाम्रो तरिकाले काम गर्‍याैँ । स्थानीय तहमा पक्ष विपक्ष हुन नहुने हो । तर साथीहरूको व्यवहार त्यस्तै देखियो ।’

महानगरकामा तत्कालीन नेकपा पक्षका सदस्यहरूको बहुमत रहेको छ । पक्ष र विपक्षबीच आगामी वर्षको नीति कार्यक्रम तथा बजेटबारे केही दिनदेखि आन्तरिक रूपमा विवाद उत्पन्न भइरहेको थियो । नगरप्रमुख चिरिबाबु महर्जन र उपप्रमुख सत्याल कांग्रेसबाट निर्वाचित भएका हुन् । 





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १६:६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया