विराटनगर महानगरको बजेट ४ अर्ब १० करोड

विराटनगर महानगरपालिकाले आगामी आर्थिक ०७८-७९ का लागि ४ अर्ब  १० करोड ३ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ।

प्रदेश १ को एक मात्र महानगरपालिकाको यो बजेटले प्रदेश राजधानीको अवस्थालाई झल्काएको छ।

कार्यालय सञ्चालन तथा प्रशासनिक  खर्चमा ४६ करोड ७० लाख ५२ हजार ९२५ तथा पुँजीगत तर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार १५ रुपैयाँ हुने अनुमान प्रस्तुत गरेको हो ।

पुँजीगत तर्फ पूर्वाधार क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ३४ हजार ४८ रुपैयाँ, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख १ हजार १७ रुपैयाँ विनियोजन गरिएको छ।

सुशासन तथा अन्तर सम्बन्धित (वन वातावरण र विपद व्यवस्थापनमा समेत) ९ करोड ३७ लाख ५० हजार छुट्याइएको विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन् ।

वडास्तरीय योजनाका लागि २६ करोड ७८ लाख ५ हजार, नगरस्तरीय गौरवको आयोजना प्रमुख प्रशासनिक भवनका लागि १७ करोड ३८ लाख,  वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्यान्डफिल्ड साइड जग्गा खरिदका लागि १० करोड, अन्तर्राष्टिय सभाहल जग्गा खरिदका लागि ५ करोड, विराट राजाको दरबारका लागि ५ करोड, हिमालय रोडलाई २ करोड, महानगर आवास योजना ९० लाख बजेट विनियोजना गरिएको छ ।



फोहोर पानी प्रशोधन केन्द्रलाई २ करोड, ४ वटा फ्लाई ओभर गेटका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड, सन्ध्याकालीन आरती निर्माणका लागि २ करोड,  अन्य नगरस्तरीय कार्यक्रमका लागि ४० करोड विनियोजन भएको उल्लेख गरिएको छ।

चालु आर्थिक वर्षको कार्यक्रमको निरन्तरताको रुपमा अनुसूची ‘ख’मा उल्लेख भएका योजना भनेर वडास्तरीय योजनाका लागि १५ करोड छुट्याइएको छ। समपूरक कोषको २० करोड १९ लाख २८ हजार क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख ४७ हजार, शिक्षा तर्फ ५५ करोड ७७ लाख छुट्याइएको छ ।



युवा तथा खेलकुदमा १ करोड ६१ लाख, स्वास्थ्य क्षेत्रका लागि १८ करोड १ लाख २८ हजार  र विपद व्यवस्थापन र नियन्त्रण तर्फ ३ करोड विनियोजन गरिएको उपप्रमुख कार्कीले उल्लेख गरेकी छन् ।

  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १६:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया