इटहरीको बजेट २ अर्ब स्वस्थ्यमा बजेट बढ्यो

इटहरी उप महानगरले आगामी आर्थिक वर्षका लागि २ अर्ब १७ करोड ४५ लाखको  बजेट ल्याएको छ ।

इटहरी उप महानगरका उप मेयर लक्ष्मी गौतमले संघीय समानीकरण अनुदान ३३ करोड ६५ लाख, संघीय सशर्त अनुदान  ४३ करोड ७० लाख, संघीय समपूरक अनुदान २ करोड २९ लाख रुपैयाँ रहने अनुमान गरिएको बजेटमा प्रस्तुत गरेकी हुन् ।

यस्तै  संघीय विशेष अनुदान ३ करोड ४२ लाख रुपैयाँ प्रदेश समानीकरण अनुदान १ करोड ९९ लाख रुपैयाँ र  प्रदेश सशर्त अनुदान १ करोड ६७ लाख रहने अनुमान गरिएको छ ।

प्रदेश समपूरक अनुदान १ करोड संघीय राजस्व बाँडफाँट  १५ करोड १६ लाख रुपैयाँ प्रदेश राजस्व बाँडफाँड (सवारी कर) २ करोड ३७ लाख रुपैयाँ अनुमान गरिएको छ ।

यस्तै प्रदेश राजस्व बाँडफाँड मालपोत रजिस्ट्रेसन ३२ करोड आन्तरिक स्रोतबाट ४१ करोड, मर्मत सम्भार कोषबाट १ करोड २० लाख, धरौटी खाता सापटी ४ करोड, ऋण प्राप्त गर्ने ५ करोड नगद मौज्दात परिवर्तन (अ.ल.पा) बाट २९ करोड नगद मौज्दात गरिने अनुमान सहितको बजेट प्रस्तुत भएको छ ।

उप महानगरले  समग्र स्वास्थ्य क्षेत्रका लागि ४ करोड विनियोजन गरेको छ । यो रकम चालु आवभन्दा १ करोड ५० लाख रुपैयाँ बढी हो । शिक्षा क्षेत्रका लागि  २ करोड रुपैयाँ कृषि तथा पशु सेवाका लागि २ करोड ५० लाख विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रको शीर्षकमा ३ करोड, वातावरणका लागि १ करोड विनियोजन भएको छ ।





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १७:८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया