\
राष्ट्रियसभाको अधिवेशन आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले असार १७ गते दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/१० को सिफारिसमा संवत् २०७८ साल असार १७ गते बिहीबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।