घरेलु टोली इङ्ल्यान्डले श्रीलंका विरुद्धको टि-२० सिरिज आफ्नो नाममा गराएको छ ।
इङ्ल्यान्डले बिहीबार राति भएको दोस्रो खेल डिएल पद्धतीका आधारमा ५ विकेटले जित्दै एक खेल अगावै सिरिजमाथि कब्जा जमाएको हो ।
श्रीलंकाले दिएको ११२ रनको लक्ष्य पछ्याउनले क्रममा वर्षा बाधक बनेपछि इङ्ल्यान्डले १८ ओभरमा १०३ रनको नयाँ लक्ष्य पाएको थियो ।
यो लक्ष्य इङ्ल्यान्डले १६.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्याे । इङ्ल्यान्डका लिम लिभिङ्गस्टोनले अविजित २९ रन जोड्दा साम विलिङ्सले २४ रन बनाए ।
जेसन रोयले १७ र साम करनले अविजित १६ रनको योगदान दिए ।
विनान्दु हसरंगाले २, दुस्मान्थ चमिरा, बिनुरा फर्नान्डो र इसरु उडानले समान १-१ विकेट हात पारे ।
यसअघि कार्डिफमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो ।
१११ रनका लागि कुशल मेन्डिसले सर्वाधिक ३९ रनको योगदान दिए । कप्तान कुशल परेराले २१ र इसरु उडानले अविजित १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
इङ्ल्यान्डका मार्क उड र आदिल रशिदले समान २-२ विकेट लिँदा डेविड विली, साम करन र क्रिस जोर्डनले समान १-१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
पहिलो खेलमा इङ्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल शनिबार साउथह्यामटनमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।