मजदुर युनियनद्वारा कोभिड-१९ विरुद्धको खाेपकाे माग

निर्माण मजदुर युनियन (क्युपेक नेपाल) ले मजदुरलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेकले  खाेपकाे माग गरेको हाे ।

क्युपेक नेपालले सातवटै प्रदेशमा आज बिहान १० वजे एकैपटक ज्ञापन पत्र बुझाएको छ।

बाढी, पहिरोका कारण प्रभावित भएका परिवारलाई उचित राहत प्याकेजको घोषणा हुनुपर्ने, जिल्ला दर रेटमा ट्रेड युनियनको प्रतिनिधि अनिवार्य हुनुपर्ने लगायतका ६ बुँदे माग राखी सामाजिक विकास मन्त्री राईलाई बुझाइएको क्युपेक नेपाल  प्रदेश-१ का प्रमुख तथा केन्द्रीय कमिटी सचिव  मुक्तिनाथ गिरीले जानकारी दिए  ।

मन्त्रीसमक्ष गाउँ तथा नगरपालिकामा विकास निर्माणमा काम गर्ने मजदुरको अभिलेख राख्ने व्यवस्थाको थालनी गर्न स्थानीय तहलाई निर्देशित गर्नका लागि पनि ध्यानाकर्षण गराइएको उनले जनाए ।

ज्ञापन पत्र बुझ्दै सामाजिक विकास मन्त्री राईले श्रमिकको हकहितको पक्षमा आफू रहेको बताइन्  । उनले  श्रमिक वर्गको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाइन् । 





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १०:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया