नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको भेला बोलाएका छन् ।
पौडेलले बोहोराटारमा आफ्नै निवासमा आज दिउँसो २ बजेका लागि भेला बोलाएका हुन् । उनले केन्द्रीय कमिटीमा आफू र कृष्णप्रसाद सिटौलानिकट नेताहरुलाई छलफलका लागि बोलाएको जानकारी उनका सहयोगी चिरन्जिवी अधिकारीले फरकधारलाई बताए ।
‘क्रियाशिल सदस्यताबारे देखिएको विवाद र महाधिवेशनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्न उहाँले भेला बोलाउनु भएको हो,’ अधिकारीले भने ।
नेपाली कांग्रेसको केन्द्रीय कमिटीले गत शुक्रबार १६–१९ भदौमा काठमाडौंमा महाधिवेशन गर्ने अनुमोदन गरेपछि नेपाली कांग्रेसमा महाधिवेशनको रौनकले छोएको छ । अहिलेसम्म केही नेताहरुले आफूले सभापतिमा उम्मेदवारी दिने दाबी गरिसके पनि यस विषयमा पौडेल अहिलेसम्म शान्त नै देखिन्छन् ।
उनी प्रकाशमान सिंह, शशांक कोइरालालगायतलाई मिलाएर आफ्नो पक्षमा मत बटुल्ने अभियानमा लागेको कांग्रेसका एक केन्द्रीय सदस्यले फरकधारलाई बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।