असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने
फाइल तस्बिर

असार २२ गतेदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभागले एक सूचना जारी गर्दै पहिलो डोज लगाएका ३ लाख ७० हजार नागरिकलाई दोस्रो डोज खोप लगाइने जनाएको छ । 

देशभर जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाइएको थियो । 

खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य गरिएको छ ।





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १३:१९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया